काँग्रेस एक ढिक्का हुनुपर्छ: महामन्त्री कोइराला « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस एक ढिक्का हुनुपर्छ: महामन्त्री कोइराला


प्रशासन संवाददाता

२९ चैत्र २०७७, आइतबार


चितवन । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको निर्वाचनमा नेपाली काँग्रेस एक ढिक्का भएर लाग्नुको विकल्प नभएको बताएका छन् ।

नेपाली काँग्रेस रत्ननगर नगरसमितिले आज रत्ननगरमा आयोजना गरेको कार्यक्रममा उनले काँग्रेसका नेता कार्यकर्ता इमान्दार भएर लाग्नुपर्ने समय आएको बताएका हुन् । उनले भने, ‘आआफ्नो स्थानबाट इमानदार भएर लाग्ने हो भने देशमा काँग्रेस छाउने छ ।’ अहिले काँग्रेस एक हुन नसक्दा समस्या भएको उनको भनाइ थियो ।

अर्को एक प्रसङ्गमा नेपाल कृषि प्रधान देश भएकाले काँग्रेसले आफ्नो सरकार बनाएर अब युवा लक्षित कृषि कार्यमा जोड दिने समय आएको बताए । उनले भने, ‘बिपीको पालामा ३० प्रतिशत बजेट कृषि क्षेत्रमा लगानी भएको थियो ।’ काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले वडा तहदेखि नै सबैले मन भित्रको तिक्तता हटाएर पार्टी बलियो बनाएर जानुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस