लागू औषधसहित नागढुंगाबाट एकजना पक्राउ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

लागू औषधसहित नागढुंगाबाट एकजना पक्राउ


प्रशासन संवाददाता

२९ चैत्र २०७७, आइतबार


काठमाडौँ । काठमाडौँको नागढुंगा चेक प्वाईन्टबाट प्रहरीले लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ।

झापा बिर्तामोड निवासी ३३ वर्षीय लखन मुर्मुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । झापाबाट काठमाडौँ आउँदै गरेको बा७ख६३८ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा प्रहरीले उनको साथबाट ५ सय एम्पल र लुपिजेसिक बरामद गरेको हो ।

मुर्मुमाथि लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस