प्रहरीसँगको मुद्दा मिलाइदिन्छु भन्दै सर्वसाधारणसँग पैसा मागेको आरोपमा एकजना पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रहरीसँगको मुद्दा मिलाइदिन्छु भन्दै सर्वसाधारणसँग पैसा मागेको आरोपमा एकजना पक्राउ


प्रशासन संवाददाता

२९ चैत्र २०७७, आइतबार


काठमाडौँ । प्रहरीसँगको मुद्दा मिलाइदिन्छु भन्दै सर्वसाधारणसँग पैसा मागेको आरोपमा प्रहरीले हेटौंडाबाट एकजनालाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–१ का ३० वर्षीय सन्जोग लामालाई प्रहरीले शनिबार (हिजो) पक्राउ गरेको हो ।

लामाले आफू लेखनदासको काम गर्ने र प्रहरीसँग जुनसुकै काम गराइदिन्छु भन्दै सर्वसाधारणसँग रकम माग्ने गरेको गुनासो आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस