दूरसञ्चार प्राधिकरणका नवनियुक्त कर्मचारीलाई सेवा प्रवेश तालिम « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दूरसञ्चार प्राधिकरणका नवनियुक्त कर्मचारीलाई सेवा प्रवेश तालिम


२९ चैत्र २०७७, आइतबार


काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणमा नवनियुक्त कर्मचारीहरूका लागि आयोजना गरिएको १५ दिने सेवा प्रवेश तथा अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

प्राधिकरणमा यही चैत ५ गतेदेखि स्थायी नियुक्त प्रशासन, इन्जिनियरिङ, आर्थिक प्रशासन र कानुन समूहका २१ जना कर्मचारीहरूलाई कार्यस्थलमा काम गर्न हौसला र सहजता प्रदान गर्ने उद्देश्यले तालिम प्रदान गरिएको हो ।

तालिम समापन समारोहमा प्राधिकरणका निर्देशक दीपेश आचार्यले प्रमाणपत्र प्रदान गर्नु हुदैं नयाँ कर्मचारीको भूमिका प्राधिकरणको कार्यक्षेत्र विस्तारमा महत्त्वपूर्ण हुने बताए ।

प्रशिक्षक दुर्गा निधी शर्माले तालिममा हासिल गरेका ज्ञान व्यवहारमा कार्यान्वयन गर्नु महत्त्वपूर्ण हुने बताए । प्रशिक्षार्थीको तर्फबाट सहायक निर्देशकमा नियुक्त कैलाश कार्कीले सेवा प्रवेश तालिम आयोजना गरेकोमा प्राधिकरणप्रति अभार प्रकट गर्दै सिकेको कुरा व्यवहारमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समापन समारोहमा प्राधिकरणका उप निर्देशक सूर्यप्रसाद लामिछाने, सहायक निर्देशक रचिता आचार्य, प्रशिक्षक द्धारिकाप्रसाद आचार्य सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस