सिडिओको जोडी ब्याडमिन्टन च्याम्पियन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिडिओको जोडी ब्याडमिन्टन च्याम्पियन


प्रशासन संवाददाता

२९ चैत्र २०७७, आइतबार


झापा । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको जोडीले भद्रपुरमा सञ्चालित मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेको छ ।

मेची रङ्गशालाको कभर्डहलमा आज सम्पन्न फाइनल खेलमा सिडिओ तिमिल्सिना र चोलाप्रसाद आचार्यको जोडीले सरोज राई र गोविन्द भट्टराईको जोडीलाई पराजित गर्दै उपाधि जितेको हो ।

चन्द्रगढी स्पोर्टस् हाउसको आयोजनामा शुक्रबार शुरु भएको प्रतियोगितामा चिरञ्जीवी कोइराला र कुलदीप चौधरीको जोडी तेस्रो तथा रमेश सुवेदी र राजधन राईको जोडीले चौथो स्थान हासिल गरेको प्रतियोगिताका संयोजक दिपेश ढकालले जानकारी दिए ।

विजयी खेलाडीलाई प्रतियोगिता समापनका अवसरमा आज शिल्ड, मेडल तथा ट्रफी प्रदान गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस