राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता चलाउने काँग्रेसमा प्रवेश « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता चलाउने काँग्रेसमा प्रवेश


२८ चैत्र २०७७, शनिबार


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता रामबहादुर चलाउने नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

शनिबारको देउवा निवास बुढानिलकण्ठमा भएको एक कार्यक्रममा काँग्रेसका सभापति शेरबहादुर देउवाले उनलाई पार्टीमा स्वागत गरेका थिए ।

२०३६ सालदेखि राजनीतिमा सक्रिय चलाउनेलाई देउवाले औपचारिक रुपमा काँग्रेसको सदस्यता प्रदान गर्दै पार्टी प्रवेश गराएका हुन् । २०४७ सालदेखि राप्रपामा रहेका चलाउने पूर्व जिल्ला बिकास समिति अछामका सदस्य रहनुका साथै २०७० सालको आमनिर्वाचनमा राप्रपाका तर्फबाट अछाम क्षेत्र नम्बर २ बाट सांसदको उम्मेदवार समेत बनेका थिए ।

तुर्माखाद गाउँपालिका वडा नम्बर ७ तोषी निवासी नेता चलाउने पूर्व शिक्षक पनि हुन् । शिक्षण पेशा छोडेपछि निरन्तर राजनीतिमै क्रियाशील छन् । चलाउनेले अबको सबै समय काँग्रेस पार्टीमा रहेर जनताका लागि सेवा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस