पदकमा चुच्चे नक्सा सम्बन्धमा गृहको स्पष्टीकरण : अब दिइने विभूषण नयाँ नक्सा अंकित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पदकमा चुच्चे नक्सा सम्बन्धमा गृहको स्पष्टीकरण : अब दिइने विभूषण नयाँ नक्सा अंकित


२८ चैत्र २०७७, शनिबार


काठमाडौँ । सरकारले राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिहरुलाई अब प्रदान गरिने विभूषणमा नेपालको नयाँ नक्सा नै अंकित गर्ने बताएको छ ।

गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै आगामी वैशाख १ गते हुने सुशोभन समारोहमा वितरण गरिने विभूषणमा नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा नै राखिने स्पष्ट पारेको हो ।

शुक्रबार वितरण गरिएको विभूषण गत वैशाख १ मा वितरण गर्नका लागि तयार पारिएको, तर कोरोना महामारीका कारण ढिला गरी वितरण भएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार वितरण गरिएका पदक, मानपदवी तथा विभूषणहरुमा पुरानै नक्सा अंकित भएको विषयमा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जाललगायतमा टिप्पणी भएपछि मन्त्रालयले विज्ञप्तिमार्फत स्पष्ट पारेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस