इन्डोनेसियामा ६ म्याग्नीच्यूडको भूकम्प « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

इन्डोनेसियामा ६ म्याग्नीच्यूडको भूकम्प


एजेन्सी

२८ चैत्र २०७७, शनिबार


जकार्ता । इन्डोनेसियाको जाभा टापुमा शनिवार ६ म्याग्निच्यूडको भूकम्प गएको छ ।

भूकम्प ८२ किलोमिटर अर्थात् ५० माइल गहिराइमा थियो । पूर्वी जाभाको मालाङ सहरबाट ४५ किलोमिटर दक्षिण पश्चिम क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो ।

भूकम्पबाट दशौँ लाख मानिसको बसोबास रहेको मालाङ सहरलाई शक्तिशाली भूकम्पले केही बेरसम्म हल्लाए पनि कोही घाइते भएको विवरण सार्वजनिक भएको छैन ।

इन्डोनेसियामा गत साता मात्रै बाढीले ठुलो जनधनको क्षति भएको थियो । इन्डोनेसियामा हरेक वर्ष भूकम्प, बाढी, सुनामी लगायत प्राकृतिक विपद्का कारण ठुलो क्षति हुने गरेको छ ।

२०१८ मा ७ दशमलव ५ म्याग्निच्यूडको भूकम्प र भूकम्पपछिको सुनामीमा परी ४ हजार ३ सय मानिस बेपत्ता भएका थिए ।

२००४ को डिसेम्बरमा ९ दशमलव १ म्याग्निच्यूडको भूकम्प र त्यसपछिको सुनामीका कारण २ लाख २० हजार मानिएको मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस