गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु


२८ चैत्र २०७७, शनिबार


गुल्मी । गुल्मीमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मीदरबार गाउँपालिका-७ मा लु२३प ५०६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक  सोही वडा निवासी ठुलापोखरा माविका ४५ वर्षीय प्रधानाध्यापक राम बहादुर खत्रीको ज्यान गएको हो ।

गौंडाकोटबाट चारपालातर्फ जाँदै गर्दा घुम्ती भन्ने स्थानमा दुर्घटनामा गरेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका रामबहादुरको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मोटरसाइकल सडक सुरक्षा वालमा ठोक्किएर सडकबाट करिब ३ मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस