गैँडाको नतिजा आज सार्वजनिक गरिने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गैँडाको नतिजा आज सार्वजनिक गरिने


प्रशासन संवाददाता

२८ चैत्र २०७७, शनिबार


काठमाडौ । पर्सा राष्ट्रिय निकुञ्जबाट चैत ९ गतेदेखि सुरु गरिएको गैँडा गणना कार्य शुक्रवार सकिएको छ । हरेक पाँच पाँच वर्षमा गरिने गैँडा गणना कार्य कोरोना महामारीका कारण यस पटक एक वर्ष ढीला गरिएको हो ।

शुक्रवार सबैठाउँको गणना सकिएपछि शनिवार (आज) दिउँसो पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गर्ने तयारी भएको छ ।

गैँडा गणनाका लागि यसपटक ४० जना मुख्य गणक र २० जना वैकल्पिक गणक खटिएका थिए । निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक–एक गरी गैँडा गनेका छन् । गणनापछि यसको अवस्था हेरेर व्यवस्थापनको काम गरिने छ । गैँडा गणनाका क्रममा बर्दियामा एकजना गणकमाथि बाघले आग्रमण गर्दा मृत्युसमेत भएको थियो।

यसअघि गैँडा गणना सन् २०१५ मा गरिएको थियो । पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ वटा गैँडा थिए । गैँडाको सङ्ख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक पाँच–पाँच वर्षमा गैँडा गणना गरिँदै आएको हो ।

तथ्याङ्कअनुसार चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए । यस वर्ष गणनामा ४० हात्ती र २०० जनशक्ति परिचालन गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस