फिलिपको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

फिलिपको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त


प्रशासन संवाददाता

२८ चैत्र २०७७, शनिबार


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार फिलिपको निधनमा समवेदना व्यक्त गर्दै नेपालले एक असल साथी गुमाएको बताए ।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसोन र बेलायती नागरिकप्रति समवेदना व्यक्त गर्दै फिलिपको निधनले एक असल साथीसँगै ‘सोसियल वेलफेयर’का च्याम्पियन गुमाएको बताएका छन् ।

राजकुमार फिलिपको शुक्रबार ९९ वर्षको उमेरमा निधान भएको थियो ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस