कर्णाली प्रदेश अस्पतालमा ३८ कर्मचारी माग « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कर्णाली प्रदेश अस्पतालमा ३८ कर्मचारी माग


२८ चैत्र २०७७, शनिबार


सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा करार सेवाका लागि ३८ कर्मचारीको माग गरिएको छ । शुक्रवार एक सूचना जारी गर्दै अस्पतालले करार सेवामा पदपूर्तिका लागि कार्यालय सहायकदेखि कन्सल्टेन्ट चिकित्सकसम्म कर्मचारीको माग गरिएको जानकारी दिएको छ ।

कन्सल्टेन्ट चिकित्सक नवौँ तहका लागि सात जना, मेडिकल अधिकृत स्वास्थ्य सेवा आठौँ तहका लागि चार जना, स्टाफ नर्स पाँचौँ तहका लागि पाँच जना, सहायक कम्प्युटर अपरेटर चौथो तहका लागि दुई जना र कार्यालय सहयोगी श्रेणीविहीनमा १० जनाको माग गरिएको छ ।

करार अवधि २०७८ असार मसान्तसम्म हुने भनिएको छ ।

योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सूचनामा भनिएको छ । परीक्षाको मिति दरखास्त दिने अन्तिम मितिको भोलिपल्ट तोकिने भनिएको छ ।

No photo description available.

 

Tags :
प्रतिक्रिया दिनुहोस