पुन: नियुक्त भएका चार मन्त्रीद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पुन: नियुक्त भएका चार मन्त्रीद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण


२७ चैत्र २०७७, शुक्रबार


काठमाडौँ । माओवादी केन्द्रले सांसद पदबाट हटाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पुन नियुक्त गरिएका ४ मन्त्रीले आज पद तथ गोपनीयताको पुनः सपथ लिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा मन्त्रीहरू टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी हुन्।

उनीहरूले पहिलेकै मन्त्रालयमा नियुक्त लिएका हुन्। जसअनुसार रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, साह सहरी विकास र चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सपथ लिएका हुन्।

भट्ट ३ फागुन २०७५ मा केपी शर्मा ओलीको सरकार गठन भएयता निरन्तर मन्त्री छन्। रायमाझी, साह र चौधरी भने प्रनिनिधिसभा विघटनपछि १० पुसमा पुनर्गठित मन्त्रिपरिषदमा सदस्य बनेका थिए।

संघीय सांसद नरहेका व्यक्तिलाई प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ।

Tags :
प्रतिक्रिया दिनुहोस