मोवाइल पड्किदा गम्भीर घाइते « प्रशासन
prasaLogo
२७ चैत्र २०७७, शुक्रबार

मोवाइल पड्किदा गम्भीर घाइते


प्रकाशित मिति : 9 April, 2021 5:17 pm

भोजपुर । चार्जमा राखेको मोवाइल पड्किदा एक महिला गम्भीर घाइते भएकी छिन् ।

भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीय सर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तामाङको हात, छातीलगायत ठाउँमा गम्भीर चोट लागेको प्रहरीको भनाइ छ । घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस