२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक मर्मत गर्न सवारी आवातजावत बन्द हुने

अ+ अ-

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानीको हेबी फाखेल सडकखण्डको पुनः मर्मतसम्हार गर्न चैत २८ देखि आगामी वैशाख २८ गतेसम्मको लागि सबै प्रकारको यातायात सेवा बन्द गर्ने निर्णय गरेको वाग्मती प्रदेश, यातायात पूर्वाधार प्रदेशनालयले आज जनाएको छ ।

उक्त सडकखण्ड कुलेखानीको हेबीदेखि महालक्ष्मी हुँदै फाखेल र काठमाडौँ जिल्लाको सिमानामा पर्ने फर्पिङसम्मको सडकको ढलान, ढल निकास र कालोपत्रे गर्ने कार्यको लागि कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सबै प्रकारको यातायात सेवालाई बन्द गर्नुपरेको वाग्मती प्रदेश, यातायात पूर्वाधार निर्देशनालयका प्रमुख निर्देशक डा सहदेव भण्डारीले बताए । उनका अनुसार, काठमाडौँको दक्षिणकाली हुँदै सिस्नेरीतर्फ आउने सडकखण्ड यातायात सञ्चालनमा रोक नलगाएको जानकारी दिएका छन् ।

प्रदेश यातायात पूर्वाधार निर्देशनालयले सम्बन्धित यातायात व्यवसाय, जिल्ला प्रशासन र भौतिक पूर्वाधार मन्त्रालयका पदाधिकारीको आज बसेको संयुक्त बैठकले भोलि हेबी र फाखेल सडकखण्ड बन्द गर्ने भनी सहमतिको साथ निर्णय गरिएको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक भण्डारीले बताएका छन् ।

काठमाडौँको दक्षिणकालीदेखि सिस्नेरी र कुलेखानीको हेबीसम्म सडकमा ढल निकास र कालोपत्र निर्माण गर्ने प्रयोजनका लागि केही हप्तापछि सिस्नेरी सडकखण्ड पनि बन्द गर्ने सहमति भएको प्रदेश यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ ।