प्रधानमन्त्रीको गृह नगरमा डोजर चलाएर सुकुम्बासी बस्तीको घर भत्काइयो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीको गृह नगरमा डोजर चलाएर सुकुम्बासी बस्तीको घर भत्काइयो


प्रशासन संवाददाता

२७ चैत्र २०७७, शुक्रबार


झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा डोजर लगाएर सुकुम्बासी बस्तीको घर भत्काइएको छ । सरकारी जग्गा अतिक्रमण गरेर बसेको भन्दै दमक नगरपालिकाले डोजर चलाएको हो ।

दमकका मेयर रोमनाथ ओलीले अटेरी गरेर बसेका व्यक्तिका घरलाई डोजर लगाइएर भत्काइएको जानकारी दिए । ओलीले भने, ‘अहिलेसम्म २० वटा घर भत्किएको छ ।’ त्यसक्रममा स्थानीयले विरोध गर्न सक्ने भन्दै व्यापक प्रहरी परिचालन समेत गरिएको छ ।

रतुवाखोलाको बाढीका कारण विस्थापित परिवार त्यसक्षेत्रमा बस्दै आएका थिए । प्रशासनले उक्त जग्गा खाली गर्न भन्दै लिखित तथा मौखिक निर्देशन दिदै आएको थियो । डोजर लगाइएको स्थानमा व्यापारिक केन्द्र बनाउने सरकारी तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस