पेट्रोलियम पदार्थको तस्करी गर्ने १० जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पेट्रोलियम पदार्थको तस्करी गर्ने १० जना पक्राउ


प्रशासन संवाददाता

२७ चैत्र २०७७, शुक्रबार


नेपाल आयल निगम

पर्सा । पेट्रोलियम पदार्थको तस्करी गर्ने १० जना पक्राउ परेका छन् ।

जिल्लाको ग्रामिण क्षेत्रबाट पेट्रोलियम पदार्थको तस्करी गर्ने १० जना पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये तीन जना भारतीय रहेको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।

सीमा क्षेत्रका पेट्रोलियम पम्पले ग्यालेनमा भरेर तेल पठाउनुका साथै भारतीय नम्बर प्लेटका सवारीसाधनमा पनि बढी तेल हालेर पठाउने गरेको पाइएको छ ।

भारतीयको तुलनामा नेपालमा डिजेल र पेट्रोल सस्तो पाइने भएपछि सीमा क्षेत्रमा तस्करी बढेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस