उत्तरी आयरल्याण्डमा भएको हिंसाको युरोपेली आयोगद्वारा निन्दा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

उत्तरी आयरल्याण्डमा भएको हिंसाको युरोपेली आयोगद्वारा निन्दा


एजेन्सी

२७ चैत्र २०७७, शुक्रबार


ब्रसेल्स । युरोपेली आयोगले संयुक्त अधिराज्यको उत्तरी आयरल्याण्डमा भएको हिंसाको निन्दा गरेको छ ।

बिहीबार सो आयोगले उक्त हिंसाको कडा शब्दमा निन्दा गरेको बताइएको छ ।

गएका केही दिनयता उत्तरी आयरल्याण्डमा भएका हिंसाका कार्यहरुको यस युरोपेली आयोग कडा शब्दमा निन्दा गर्दछ– बिहीबार सो आयोगले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त विज्ञप्तिमा भनिएको छ कि– यस्तो प्रकारको हिंसा कदापि मान्य छैन, यसबाट कसैले पनि केही प्राप्त गर्न सक्दैनन्, त्यसैले यस्ता हिंसात्मक गतिविधिहरु तुरुन्त रोकेर नागरिकको सुरक्षाको सुनिश्चितता हुनुपर्छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि यस्तो खालका हिंसात्मक गतिविधिहरु तुरुन्त रोक्न आग्रह गरेका छन् । उनले नागरिकका जे जस्तो सुकै मागहरु भए पनि ती सबै शान्तिपूर्ण वार्ताको माध्यमबाट गर्न सकिने भन्दै त्यसका लागि प्रयत्न गर्न आग्रह पनि गरेका छन् ।

ब्रेक्जिटको विषयलाई लिएर उत्तरी आयरल्याण्डमा केही समय यतादेखि दंगाहरु भइरहेको बताइएको छ ।

प्रदर्शनकारीहरुले हिंसात्मक रुपमा आफ्ना प्रदर्शन गरिरहेका बताइएको छ ।

यस प्रदर्शनले हिंसात्मक रुप लिन सक्ने भन्दै यस्ता विरोधहरुलाई शान्तिपूर्ण रुपमा राख्न तथा सबै समस्याको समाधान वार्ताका माध्यमबाट नै खोज्न बेलायतका प्रधानमन्त्री जोन्सनले पटक पटक आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस