काठमाडौँमा मेलम्चीको पानी वितरण सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँमा मेलम्चीको पानी वितरण सुरु


१५ चैत्र २०७७, आइतबार


काठमाडौँ । उपत्यकाका विभिन्न क्षेत्रमा मेलम्चीको खानेपानी वितरण गर्न थालिएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) ले विभिन्न ठाउँका ट्याङ्कीहरू भर्दै आइतबार दुई बजेदेखि काठमाडौँका विभिन्न क्षेत्रमा पानी वितरण सुरु गरेको हो ।

केयूकेएलका अनुसार चाबहिलको महाकाल चौरको ट्याङ्की र अनामनगरको ट्याङ्कीबाट २ बजेदेखि पानी वितरण सुरु गरिएको र कुटुबहाल, कालो पुल, विशाल नगर, देवकोटा चोक, बत्तिस पुतली, बागेश्वरी, मीन भवन क्षेत्रलगायतमा ट्याङ्कीमा पानी भरिँदै गरेको छ ।

पहिलो दिन ४ करोड लिटर पानी वितरण गरिने केयूकेएलले जनाएको छ ।

पुरानै प्रणालीबाट पानी वितरण गर्न लागेको केयूकेएलले सुरुमा विभिन्न स्थानमा रहेका रिजर्भ ट्याङ्कीमा पानी जम्मा गरी वितरण थालेको छ ।

निर्माण शुरु भएको लामो समयसम्म पनि सम्पन्न हुन नसकेको आयोजनाको निर्माण सकिएसँगै परीक्षण गरिएको हो । यस अघि मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माण भएका सुरुङ र पानी प्रशोधन केन्द्रको परीक्षण गरिएको थियो ।

राष्ट्रिय गौरवको सो आयोजनाले काठमाडौँ उपत्यकामा लामो समयदेखि रहेको खानेपानीको अभाव हट्ने अपेक्षा गरिएको छ । आयोजनामा यसअघि विभिन्न कम्पनीले काम गरेका थिए । पछिल्लो पटक चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरुङको बाँकी काम सम्पन्न गरेको हो । सोही कम्पनीले ‘हेडवर्क’ निर्माण गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस