अनुसन्धानमा जागिर खुल्यो, अनुसन्धान अधिकृतदेखि सहायक र सूचक पदका लागि दरखास्त माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अनुसन्धानमा जागिर खुल्यो, अनुसन्धान अधिकृतदेखि सहायक र सूचक पदका लागि दरखास्त माग


१३ चैत्र २०७७, शुक्रबार


Rastiya anusandhan bivag_raabiराष्ट्रिय अनुसन्धान विभाग

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभाले विभिन्न तहका लागि कर्मचारी माग गरेको छ ।

विभागले शुक्रवार एक सूचना प्रकाशित गर्दै अनुसन्धान अधिकृत(राजपत्राङ्कित तृतीय श्रेणी सरह) २१ जना,अनुसन्धान सहायक(राजपत्र अनङ्कित द्वितीय श्रेणीसरह) ३२ र सहायक सूचक(राजपत्र अनङ्कित चतुर्थ श्रेणी सरह) पदका लागि ५१ जना माग गरेको हो ।

अनुसन्धान अधिकृत हुन कम्तिमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्छ भने उमेर २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्छ भने अनुसन्धान सहायक हुन कम्तिमा प्लस टु वा सो सरह पास गरेको र १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।

सहायक सूचक पदमा भने एसएलसी वा एसईई पास गरेको हुनुपर्छ। १८ वर्ष पूरा भई २५ वर्ष ननाघेकोले यस पदमा दरखास्त दिन सक्नेछन्।

विभागको वेवसाइट www.nidept.gov.npdflogin बाट पनि फारम भर्न सकिन्छ।

वैशाख १२ गतेभित्र दरखास्त दिइसक्नुपर्ने विभागले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस