अख्तियार सुर्खेतको अत्याधुनिक भवन निर्माण कार्य अन्तिम चरणमा « प्रशासन
Logo १२ आश्विन २०७८, मंगलबार
   

अख्तियार सुर्खेतको अत्याधुनिक भवन निर्माण कार्य अन्तिम चरणमा


कर्णाली ब्युरो

११ चैत्र २०७७, बुधबार


सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको अत्याधुनिक प्रशासनिक भवन निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । २०७५ ज्येष्ठ १६ मा आठ करोडको लागतमा ठेक्का सम्झौता गरिएको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत र आशिष् हाम्रो जे.भि सुर्खेत प्रा.लि.बिच रु ८ करोड ८४ लाख १५ हजार ५ सय ५५ को ठेक्का सम्झौता भएको थियो । करिब २४ महिना ठेक्का सम्झौता रहेको ६० कोठे भवन आउँदो अषाढासम्म सम्पन्न भइसक्ने आयोगको कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको भवनमा मुख्य ३२ वटा, सहायक २६ वटा र २ वटा गाडा हाउससहित ६० वटा कोठा रहेका छन् । भवन निर्माणको बाँकी कार्य द्रुत गतिमा अघि बढी रहेको र सम्झौता रकमको ६६ प्रतिशत रकम पनि भुक्तानी भइसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।

विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) को प्रभावले १८ जना कामदारमा कोरोना पोजेटिभ देखिए पछि दुई पटक ठेक्काको म्याद थप भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस