१२ कर्मचारी नासुमा बढुवा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

१२ कर्मचारी नासुमा बढुवा


प्रशासन संवाददाता

४ चैत्र २०७७, बुधबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाराले १२ जना कर्मचारीलाई राजपत्र अनङ्कित प्रथम श्रेणी(नायब सुब्बा) मा बढुवा गरेको छ ।

बढुवा समितिको चैत्र २ गतेको निर्णय अनुसार ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा आठ जना र कार्यक्षमताको मूल्याङ्कनद्वारा चार जनाको नायब सुब्बा मा बढुवा भएको हो ।

ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा बढुवा हुनेमा अशोक कुमार, प्रदीप पौडेल, रविन प्रसाद दाहाल, जीत बहादुर ओली, विष्णु पौडेल घिमिरे, सुरेन्द्र कार्की, केर बहादुर विश्वकर्मा र भगवानलाल साह छन् ।

यस्तै कार्यक्षमताको मूल्याङ्कनद्वारा बढुवा हुनेमा रामजी प्रसाद साह, नवीन पौडेल, गौरीशङ्कर गुप्ता र रत्नबहादुर स्याङतान रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस