पछिल्लो २४ घण्टामा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि, ९४ जना संक्रमणमुक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पछिल्लो २४ घण्टामा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि, ९४ जना संक्रमणमुक्त


३ चैत्र २०७७, मंगलबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरको प्रयोगशालामा २७९१ नमुना पिसिआर परिक्षणअ गरिएकोमा ११४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो सहित हाल सम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४२४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ९४ जना संक्रमित कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यो सहित हाल सम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ४९५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस