नयाँ सरकार बनाउन देउवाको सक्रियता : जसपालाई बोलाए बूढानीलकण्ठ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नयाँ सरकार बनाउन देउवाको सक्रियता : जसपालाई बोलाए बूढानीलकण्ठ


प्रशासन संवाददाता

२८ फाल्गुन २०७७, शुक्रबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेतालाई बूढानीलकण्ठ बोलाएका छन् ।

सत्ता समीकरणबारे छलफलका लागि शुक्रबार ४ बजे आफ्नो निवास बूढानीलकण्ठमा देउवाले जसपाका नेताहरुसँग छलफल गर्ने भएका हुन् । दिउँसो ३ बजे पार्टी पदाधिकारी एवं पूर्व पदाधिकारीहरूलाई सभापति देउवाले बूढानीलकण्ठ बोलाएका छन।

सत्ता समीकरणमा निर्णायक बनेको जसपासँग छलफलले नयाँ सरकार निर्माणका लागि छलफल गर्न बोलाएको बुझिएको छ । विहीबार प्रधानमन्त्री ओलीले जसपा नेताहरुसँग छलफल गरेपछि देउवाले पनि आज छलफल गर्न लागेका हुन् ।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ सरकार निर्माणका लागि काँग्रेस र जसपासँग छलफल गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस