४२ लाखसहित एक जना पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

४२ लाखसहित एक जना पक्राउ


२८ फाल्गुन २०७७, शुक्रबार


भक्तपुर । प्रहरीले स्रोत नखुलेको ४२ लाखसहित एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मध्यपुरथिमि–३ कौशल्टारस्थित अरनिको राजमार्ग सडकमा जाँचको क्रममा बिहीबार दोलखाका एक जनालाई पक्राउ गरेको हो ।

दोलखा घर भए पनि हाल सूर्यविनायक नगरपालिका–३ बालकोट रोज भिलेज बस्ने सुमन घिमिरेको साथबाट स्रोत नखुलेको रकम बरामद गरेको प्रहरीले बताएको छ ।

महानगरीय प्रहरी वृत्त थिमिका अनुसार जाँचका क्रममा गाडीमा आइरहेका घिमिरेको साथबाट २७ लाख बरामद भएको हो । साथै उनको कोठा खानतलासी गर्दा थप १५ लाख बरामद भएको प्रहरीको भनाइ छ ।

प्रहरीले उक्त रकमको स्रोत खोज्दा बताउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा घिमिरेले उक्त रकम जुवातास खेलेर जितेको हुनसक्ने बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस