यस्ता छन् भोलिको प्रतिनिधिसभा बैठकमा पेस हुने ७ अध्यादेश « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यस्ता छन् भोलिको प्रतिनिधिसभा बैठकमा पेस हुने ७ अध्यादेश


२५ फाल्गुन २०७७, मंगलबार


विकास र समृद्धि

काठमाडौँ । बुधवार(भोलि) बोलाइएको प्रतिनिधिसभा बैठकमा ७ वटा अध्यादेश पेस गरिने भएको छ ।

यसअघि मङ्गलवार को बैठकमा पनि अध्यादेश पेस हुने तय भएकोमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद् बैठक अवरुद्ध गरेपछि र प्रचण्ड-माधवतिरका सांसदहरूले कार्यसूचीमा अध्यादेश समावेश गरेको भन्दै बैठक बहिष्कार गरेसँगै बैठक नै स्थगित भएको थियो ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार भोलिको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय(पहिलो संशोधन), सामाजिक सुरक्षा(पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ(नियमन_ अध्यादेश पेस गर्ने छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले औषधी(तेस्रो संशोधन) अध्यादेश, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) अध्यादेश पेस हुने संसद् सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यी अध्यादेश जारी भएका थिए । अध्यादेश जारी भएको छ महिनाभित्र सांसदबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

बैठकले पूर्व र बहालवाला गरी १४ सांसदहरूको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची पनि तय छ ।

Tags :
प्रतिक्रिया दिनुहोस