चार छोराछोरीसहित कर्णालीमा हाम फालेपछि… « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चार छोराछोरीसहित कर्णालीमा हाम फालेपछि…


२५ फाल्गुन २०७७, मंगलबार


कर्णाली । सोमवार दैलेखकी एक महिलाले चार छोराछोरीसहित कर्णाली नदीमा हामफालेकी छन् । फागुन २४ गते मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसकै दिन आठबिसकोट नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् ।

तीमध्ये सोमबार दुईको शव भेटिएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ कर्णाली नदीमा माछा मार्ने डोरीमा बेरिएको अवस्थामा २४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको शव भेटिएको हो । अन्य आमासहित तीन जना बेपत्ता रहेका छन् । ३५ वर्षीय आमा सुकु बडुवाल,८ वर्षीय ललित बडुवाल र ५ वर्षीया रजनी बडुवालको शव भेटिएको छैन ।

मङ्गलवार गोताखोरको टोलीबाट उनीहरूको खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

सोमबार बिहान तीन छोरी र एक छोरासहित घरबाट हिँडेकी सुकु माइतमा पनि नभेटिएपछि आफन्तले खोजी गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । बेपत्ता सुकुका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस