सभापति देउवासहित काँग्रेस शीर्ष नेता चितवन जाँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सभापति देउवासहित काँग्रेस शीर्ष नेता चितवन जाँदै


प्रशासन संवाददाता

१९ फाल्गुन २०७७, बुधबार


चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू आज चितवन जाँदै छन् ।

दिवङ्गत नेपाली काँग्रेसका नेता एवम् पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा सहभागी हुन काँग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइरालासहितका नेताहरू चितवन जान लागेका हुन् ।

रानाभाटकै निवास रत्ननगर १४ लौरीघोलमा हुने कार्यक्रम हुनेछन् । पूर्वसांसद रानाभाटको फागुन १० गते उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएको थियो ।

रानाभाट नेपाली काँग्रेस चितवन क्षेत्र नं. २ बाट २०६५ मा प्रतिनिधिसभामा निर्वाचित बनेका थिए । उनी काँग्रेस चितवनका पूर्वसचिव, सुकुमबासी समस्या समाधान आयोग रुपन्देहीका पूर्वअध्यक्ष, राष्ट्रिय सहकारी बोर्डका पूर्वउपाध्यक्षसमेत भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस