२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुख, सांसद र कर्मचारीलाई कोरोनाविरुद्ध खोप

अ+ अ-

काठमाडौँ । आज प्रतिनिधिसभा र राष्ट्रियसभामा कार्यरत कर्मचारीहरूलाई कोरोना खोप लगाइने भएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने तयारी भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारी, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई कोरोना खोप लगाइने छ ।

यसैगरी प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उनीहरूका निजी सचिवालयमा कार्यरत कर्मचारी, दुवै सदनका सांसदहरूलाई खोप लगाइने सचिवालयले जनाएको छ ।

यद्यपि, संघीय संसद् सचिवालयका सबै कर्मचारी, स्वकीय सचिवलगायतका सबै कर्मचारी, ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीलाई २० गते बिहीबार खोप लगाउने तयारी छ ।

यसैगरी २१ गते शुक्रवार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका सबै कर्मचारी र बुधवार र बिहीबार लगाउन छुटेकालाई खोप लगाइने सचिवालयले जानकारी दिएको छ ।