सभामुख, सांसद र कर्मचारीलाई कोरोनाविरुद्ध खोप « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सभामुख, सांसद र कर्मचारीलाई कोरोनाविरुद्ध खोप


१९ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । आज प्रतिनिधिसभा र राष्ट्रियसभामा कार्यरत कर्मचारीहरूलाई कोरोना खोप लगाइने भएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने तयारी भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारी, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई कोरोना खोप लगाइने छ ।

यसैगरी प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उनीहरूका निजी सचिवालयमा कार्यरत कर्मचारी, दुवै सदनका सांसदहरूलाई खोप लगाइने सचिवालयले जनाएको छ ।

यद्यपि, संघीय संसद् सचिवालयका सबै कर्मचारी, स्वकीय सचिवलगायतका सबै कर्मचारी, ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीलाई २० गते बिहीबार खोप लगाउने तयारी छ ।

यसैगरी २१ गते शुक्रवार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका सबै कर्मचारी र बुधवार र बिहीबार लगाउन छुटेकालाई खोप लगाइने सचिवालयले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस