संसद पुनर्स्थापना भएसँगै उपत्यकाका संवेदनशील क्षेत्रहरुमा सुरक्षा व्यवस्था कडा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संसद पुनर्स्थापना भएसँगै उपत्यकाका संवेदनशील क्षेत्रहरुमा सुरक्षा व्यवस्था कडा


११ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने आदेश दिएसँगै सुरक्षा निकाय हाई अलर्टमा बसेका छन् । नेकपा ओली समूहका नेता कार्यकर्ता र प्रचण्ड–माधव समूहबिच झडप हुनसक्ने सम्भावनाका आधारमा सुरक्षा तैनाथी बढाइएको हो ।

सर्वोच्चको फैसला आउने सङ्केतका आधारमा ११ देखि १७ फागुनसम्मका लागि विशेष सुरक्षा योजना लागू गरिएको थियो । त्यही अनुसार उपत्यकाका संवेदनशील क्षेत्रहरूमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

उच्च सुरक्षा स्रोतका अनुसार सुरक्षा संयन्त्रले संसद् पुनर्स्थापना भएको अवस्था र नभएको अवस्थामा कस्तो सुरक्षा तैनाथी गर्ने भन्ने तयारी पहिल्यै गरेको थियो । संसद् पुनर्स्थापना भएको अवस्थामा प्रदर्शन र झडपको सम्भावना कम हुने विश्लेषण सुरक्षा अधिकारीहरूको रहेको थियो ।

सर्वोच्च अदालतले आज९मंगलबार० विघटित प्रतिनिधिसभा पुनर्स्थापना सँगै १३ दिनभित्र संसद् अधिवेशन बोलाउन पनि आदेश दिएको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिदादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गदै वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन् ।

उक्त संसद् विघटन संविधान विपरीत रूपमा भएको भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट दायर भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस