Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मेलुङमा अनलाइनबाट पञ्जिकरणसम्बन्धी व्यक्तिगत घटना दर्ता शुरु


३ फाल्गुन २०७७, सोमबार


चरीकोट । दोलखाको मेलुङ गाउँपालिकाले पञ्जिकरणसम्बन्धी व्यक्तिगत घटना दर्ता अनलाइनबाट शुरुआत गरेको छ । गाउँपालिकाले वडा नं ७ का नरमाया श्रेष्ठको मृत्युदर्ताको अनलाईन मार्फत व्यक्तिगत घटना दर्ता गराई मृत्युदर्ताको प्रमाणपत्र प्रदान गरी अनलाइन प्रणलीको शुरु गरेको हो ।

अनलाइनमार्फत मृत्यु दर्ता गराई मृत्यु दार्ताको प्रमाणपत्र लिएका मृतकका परिवारलाई व्यक्तिगत घटना ३५ दिनभित्र दर्ता गराएबापत गाउँपालिकाले प्रदान गर्दै आएको नगद ५ हजारसमेत प्रदान गरिएको छ । व्यक्तिगत घटना वडा कार्यालयमा समयमा नै दर्ता गराउन प्रोत्साहन गर्ने उद्देश्यले ३५ दिनभित्र घटना दर्ता गराएमा गाउँपालिकाले परिवारलाई नगद रु पाँच हजार प्रोत्साहनस्वरुप रकम प्रदान गर्दै आएको छ । आइतबार गाउँपालिकाको वडा नं ६ र ७ बाट व्यक्तिगत घटना अनलाइनबाट दर्ता गराई सेवा दिन शुरु गरेको र सात दिनभित्र गाउँपालिकाको सबै वडामा अनलाइन दर्ता प्रणालीको विकास गराई सेवा प्रवाह गर्ने तयारी रहेको मेलुङ गाउँपालिकाका प्रवक्ता हिरा थोकरले जानकारी दिए ।

व्यक्तिगत घटना दर्ताका लागि आउने सेवाग्राहीलाई छिटो र छरितो तरिकाले अनलाइन प्रणालीमा घटना दर्तालाई व्यवस्थित बनाउनका लागि अनलाइन घटना दर्ता शुरु गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र विश्वकर्माले बताए । गाउँपालिकाको सबै वडा कार्यालयमा इन्टरनेट र सफ्टवयरको विकास गराई अनलाइन प्रणालीको शुरुआत गरेको पालिकाले जनाएको छ ।

हालसम्म व्यक्तिगत घटना दर्ताको काम हातले लेखी ढड्डामा उतारी प्रमाणपत्र प्रदान गर्ने प्रचलन रहेकामा प्रविधिको विस्तार उपलब्धतालाई मध्यनजर गरी अनलाइनमा नै दर्ता गराई प्रिन्ट गरी प्रमाणपत्र प्रदान गर्दा सेवाग्राही र कर्मचारी दुवैलाई सहज हुने उनले बताए ।

अनलाइनमा घटना दर्ता गराउँदा दर्ता प्रमाण हराएमा वा केही भएमा पुरानो प्रणालीअन्तर्गत खाजी राख्न समस्या नहुने र सजिलै कम्प्युटरका माध्यमबाट प्रदान गर्न सकिनेछ । सरकारले सेवाग्राहीलाई छिटोछरितो तरिकाले सेवा प्रदान गर्ने उद्देश्यले २०७२ सालदेखि पञ्जीकरणसम्बन्धी व्यक्तिगत घटना दर्ता अनलाइन प्रक्रियामार्फत गर्ने घोषण भएपनि गाउँपालिकामा इन्टर तथा पूर्वाधारका कारण अनलाइन प्रणाली शुरु हुन सकेको थिएन । मेलुङले प्रत्येक वडामा भौतिक पूर्वाधार निर्माण गरी इन्टरनेट विस्तार तथा सफ्टवयरको काम गरी वडाको प्रत्येक कर्मचारीलाई तालीम दिएर यो सेवा सञ्चालन गरेको गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिए ।

अनलाइन घटना दर्ता प्रणालीबाट जन्म, मृत्यु, विवाह, सम्बन्ध बिच्छेद, बसाइँसराइ जस्ता व्यक्तिगत घटनाको व्यवस्थापन एवं नियन्त्रण तथा समाजिक सुरक्षा कार्यक्रम सञ्चालन व्यवस्थापनका लागि सहज हुनेछ । अनलाइनमार्फत फाराम भरी टोकन नम्बर तोकिएका समयमा सम्बन्धित वडा कार्यालयमा प्रमाणसहित पेश गर्न सकिने र सफ्टवयरमार्फत प्रत्येकलाई नदोहोरिने गरी व्यक्तिगत दर्ता नम्बर उपलब्ध हुने व्यवस्था रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस