काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव नारायण प्रसाद रिसाल नियुक्त भएका छन् । अख्तियारले मंगलवारदेखि नै लागु हुने गरि सहसचिव रिसाललाई नयाँ प्रवक्ताको जिम्मेवारी दिएको हो ।
अख्तियारका तत्कालिन प्रवक्ता तारानाथ अधिकारीको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा सरुवा भएकाले अख्तियारले नयाँ सहसचिव रिसाललाई प्रवक्तामा नियुक्त गरेको हो ।