प्रधानमन्त्री कप : उपाधि जित्न आर्मीले एपिएफलाई दियो २१२ रनको लक्ष्य « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री कप : उपाधि जित्न आर्मीले एपिएफलाई दियो २१२ रनको लक्ष्य


प्रशासन संवाददाता

१७ माघ २०७७, शनिबार


काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जित्न त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफ क्लबलाई २१२ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको फाइनल भिडन्तमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ९ विकेटको क्षतिमा २११ रन जोड्यो।

आर्मीका लागि हरिबहादुर चौहानले अर्धशतक प्रहार गरे। लामो इनिङ्ग्स खेलेका उनले ५८ रनको योगदान गरे। उनले १०२ बलमा ६ चौका प्रहार गरे।

आर्मीका लागि ओपनिङ गरेका सुशन भारीले ३४ बल खेलेर १३ रन जोडे भने अनिल मण्डलले २१ बलमा ११ रन बटुले।

भीम सार्की ७ रनमा आउट भएका थिए भने रोहित पौडेलले ३० बलमा १३ रन मात्र जोड्न सके। कप्तान विनोद भण्डारीले एपिएफका कमलसिंह ऐरीबाट एलबिडब्लूको धरापमा पर्नुअघि १६ बलमा ७ रन मात्र जोड्न सके।

राजेश पुलामी मगरले जोडेको २८ रन पनि आर्मीको लागि महत्वपूर्ण सावित भयो। किशोर महतोको बलमा आउट हुनुअघि उनले २९ बलमा २ चौका र १ छक्का प्रहार गरे।

लोकेश बमले ९ बलमा २ छक्कासहित १५ रन प्रहार गरे। विक्रम शोव ११ रनमा आउट भए। सहाव अलामले अन्तिममा आक्रमक ब्याटिङ गर्दै नटआउट २१ रन जोडे। उनले १४ बलमा २ चौका र १ छक्कासहित नटआउट २५ रन जोडे।

बलिङमा एपिएफका अभिनास बोहराले सबैभन्दा बढि ४ विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दा २५ रन मात्र खर्चिए। किशोर महतोले २ विकेट हात पारे। उनले १० ओभरमा ५३ रन खर्चिए।

 

Tags :
प्रतिक्रिया दिनुहोस