Logo २१ मंसिर २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

ग्लोबल ओरियन्स नेटवर्किङ कम्पनीमा प्रहरीको छापा, लाखौँको अवैध सामान बरामद


१३ माघ २०७७, मंगलबार


दमक । झापाको दमक-६ मा रहेको ग्लोबल ओरियन्स नेटवर्किङ कम्पनीमा प्रहरीले छापा मारेको छ ।

सो क्रममा लाखौँ मूल्यका अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ । दमक–६ स्थित पदम गुरुङको घरमा भण्डारण गरी नेटवर्किङ रुपमा कारोवार गर्दै आएका जीतेन्द्र साहसहित ती सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । आज इलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

उनका अनुसार बरामद गरिएको खाद्य वस्तुको मूल्य ३ करोड रहेको अनुमान छ । बरामद गरिएको सामानको मूल्यको बिल भने ८७ लाख २६ हजार ५२० रहेको पाइएको छ ।

काठमाडौँको बालाजुमा दर्ता रहेको ग्लोबल ओरियन्स प्रालिबाट केही परिमाणका खाद्यवस्तु खरिद गरेको र अन्य वस्तु भन्सार तथा राजस्व छली गरी ल्याइएको आशङ्कामा प्रहरीले ती सामान बरामद गरेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस