गजल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गजल


३ माघ २०७७, शनिबार


बिर्सेर कैल्यै त्यो इतिहास, देश बन्दैन ।
सम्झेर पनि आफ्नै गाँस, देश बन्दैन ।

आऊ मिलेर उनौँ माला शान्तिको,
भगाई शान्तिलाई प्रवास, देश बन्दैन ।

यो निलो आकाशमा फुलाऊ फूलहरू,
टुक्र्याएर त्यही आकाश, देश बन्दैन ।

हातेमालो गरी सबै अघि बढौँ हामी,
नगरी एकताको आभास, देश बन्दैन।

रगत दिन पनि तयार हुनुपर्छ वीर हो,
नरही आमाको आसपास, देश बन्दैन ।।

Tags :
प्रतिक्रिया दिनुहोस