सर्वोच्चका न्यायाधीशले प्रधानमन्त्रीसँग भेट भन्ने समाचार भ्रामक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सर्वोच्चका न्यायाधीशले प्रधानमन्त्रीसँग भेट भन्ने समाचार भ्रामक


२ माघ २०७७, शुक्रबार


काठमाडौँ । सर्वोच्च अदालतले न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनआस्थामा प्रतिकूल प्रभाव पर्ने गरी भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै खेद व्यक्त गरेको छ ।

केही अनलाइनले आज प्रधानमन्त्रीसँग सर्वोच्च अदालतका केही न्यायाधीशले भेट गरेको भन्ने भावको समाचार प्रस्तुत गरेको विषयलाई लिएर अदालतले सोको खण्डन गरेको हो ।

अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिमा अदालतमा विचाराधीन मुद्दामा अनावश्यक आशङ्का र भ्रम सिर्जना गर्ने मनसाय राखेर सत्य, तथ्य र यथार्थ अवस्था बुझ्दै नबुझी समाचार सामग्री प्रकाशन गर्ने कार्यबाट न्यायपालिकाप्रतिको विश्वसनीयता र नागरिकको यसप्रतिको आस्थामा खलल पुग्ने जाने तथा सम्पूर्ण प्रेसप्रतिको विश्वसनीयतामा आँच आउन सक्ने औँल्याइएको छ ।

त्यस्ता सामग्रीबाट पत्रकार आचारसंहिता र कानुन प्रतिकूल हुने हुँदा कानुनी दायरामा आउन सक्नेतर्फ सचेत हुन ध्यानाकर्षण गराउँदै अदालतले सम्प्रेषित समाचारको भ्रममा नपर्न सबैमा अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस