२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्चका न्यायाधीशले प्रधानमन्त्रीसँग भेट भन्ने समाचार भ्रामक

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनआस्थामा प्रतिकूल प्रभाव पर्ने गरी भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै खेद व्यक्त गरेको छ ।

केही अनलाइनले आज प्रधानमन्त्रीसँग सर्वोच्च अदालतका केही न्यायाधीशले भेट गरेको भन्ने भावको समाचार प्रस्तुत गरेको विषयलाई लिएर अदालतले सोको खण्डन गरेको हो ।

अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिमा अदालतमा विचाराधीन मुद्दामा अनावश्यक आशङ्का र भ्रम सिर्जना गर्ने मनसाय राखेर सत्य, तथ्य र यथार्थ अवस्था बुझ्दै नबुझी समाचार सामग्री प्रकाशन गर्ने कार्यबाट न्यायपालिकाप्रतिको विश्वसनीयता र नागरिकको यसप्रतिको आस्थामा खलल पुग्ने जाने तथा सम्पूर्ण प्रेसप्रतिको विश्वसनीयतामा आँच आउन सक्ने औँल्याइएको छ ।

त्यस्ता सामग्रीबाट पत्रकार आचारसंहिता र कानुन प्रतिकूल हुने हुँदा कानुनी दायरामा आउन सक्नेतर्फ सचेत हुन ध्यानाकर्षण गराउँदै अदालतले सम्प्रेषित समाचारको भ्रममा नपर्न सबैमा अनुरोध गरेको छ ।