कांग्रेस सरकारमा जाँदैन : शशांक कोइराला « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कांग्रेस सरकारमा जाँदैन : शशांक कोइराला


२ माघ २०७७, शुक्रबार


चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस सरकारमा नजाने बताएका छन् ।

शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘सरकारले तीन वर्ष छ महिनासम्म केही गर्न सकेन । त्यसको अपजस लिन कांग्रेस सरकारमा जाँदैन ।’

कोइरालाले निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म निर्वाचन हुन नसक्ने बताएका छन् ।

‘निर्वाचन हुनका लागि नेकपा फुटेको आयोगले जानकारी गराएर चुनाव चिन्ह दिनुपर्छ ।’ यही अवस्थामा अगामी वैशाखमा निर्वाचन हुने सम्भावना नरहेको उनको भनाइ थियो ।

उनले भने, ‘अहिले कसैलाई काखा र कसैलाई पाखा गर्ने पक्षमा कांग्रेस छैन ।’ कांग्रेसले स्वतन्त्ररुपमा आन्दोलन गर्ने र एक्लै गर्ने उनको भनाइ थियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस