माघ १६ गते काठमाडौँमा विशाल प्रदर्शन गर्ने दाहाल-नेपाल समुहको निर्णय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

माघ १६ गते काठमाडौँमा विशाल प्रदर्शन गर्ने दाहाल-नेपाल समुहको निर्णय


२ माघ २०७७, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समुहले माघ १६ गते काठमाडौँमा विशाल प्रदर्शन गर्ने भएको छ । पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले १६ गते प्रदर्शन गर्ने निर्णय गरेको हो ।

नेकपा दाहाल-नेपाल समुहको स्थायी समिति बैठक पश्चात नेता भीम रावलले पार्टीले कारवाही गरेका केपी ओलीले पार्टी विधान, उद्देश्य र लक्ष्य विपरित गतिविधि गरेको भन्दै ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय पनि गरेको बताए ।

साथै, महासचिव विष्णु पौडेलले समेत पार्टी निर्णय विपरित कामकारवाही गरेकाले उनलाई पनि कारवाही गर्ने निर्णय गरेको नेता रावलले जानकारी दिए ।

त्यस्तै बैठकले भारतीय पत्रकार सुधीर चौधरीले सगरमाथाका बारेमा दिएको अभिव्यक्तिको विरोध लगायतका ५ वटा विशेष प्रस्ताव गरेको छ । त्यस्तै आगामी तीन दिनभित्रमा पार्टीका रिक्त पदहरुमा नियुक्ति गर्ने पनि बैठकले निर्णय गरेको छ ।

पुस ५ गते प्रधानमन्त्रीले ओलीले संसद विघटन गरे संगै दुई समुहमा विभाजित नेकपा दाहाल-नेपाल समुहले प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै विरोध प्रदर्शन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस