प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने


२ माघ २०७७, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । रिट निवेदकहरुले बृहत इजलासमा लैजान माग गरेका थिए । तर, यो मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको हो ।

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा वृहत् पूर्ण इजलासमा सुनुवाई होस भन्ने रिट निवेदकको मागलाई सर्बोच्च अदालतले अश्वीकार गरेको हो ।

अब मुद्दाको सुनुवाई आइतवारदेखि संवैधानिक इजलासमा निरन्तर हुने भएको छ । यता सरकारले मुद्दा पूर्ण इजलासमा पठाउन नहुने भन्दै निवदेन
दिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदम असंवैधानिक भन्दै सर्वोच्चमा रिट परेको छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस