काठमाडौँ विश्वविद्यालयको उपकुलपति पारदर्शी ढंगबाट उत्कृष्ट व्यक्ति नियुक्त गर्न माग  « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

काठमाडौँ विश्वविद्यालयको उपकुलपति पारदर्शी ढंगबाट उत्कृष्ट व्यक्ति नियुक्त गर्न माग 


२ माघ २०७७, शुक्रबार


काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) प्राध्यापक संघले एउटै व्यक्तिलाई पटक-पटक उपकुलपति नबनाई निश्चित मापदण्ड र पारदर्शी ढंगबाट उत्कृष्ट व्यक्तिलाई चयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

योग्य, सक्षम, निष्ठावान र कहिँकतै विवादित नभएको व्यक्तिलाई उपकुलपति नियुक्त गरिदिन पनि संघले माग गरेको छ ।

संघका अध्यक्ष प्रा।डा। विवेक बराल र महासचिव डा। विकास अधिकारीले शुक्रबार संयुक्त विज्ञप्ति निकालेर भनेका छन्, ‘उपकुलपति सिफारिस एवं नियुक्ति गर्ने विधि तथा प्रक्रियालाई अझ पारदर्शी बनाउँदै बदलिँदो विश्व परिस्थितिअनुसार विश्वविद्यालयलाई नवीन सोचका साथ डोर्याउने शैक्षिक क्षेत्रको उन्नयन गर्दै मुलुकलाई नै मार्गनिर्देश गर्ने उद्देश्य बोकेको योग्य, सक्षम, निष्ठावान र कहिँ कतै विवादिन भएको व्यक्तिलाई उपकुलपति नियुक्त गरिदिनु हुन र दुई वा दुई कार्यकाल भन्दा बढी नेतृत्व गरिसकेका व्यक्तिहरुलाई पुनः नियुक्त नगरिदिनु हुन जोडदार माग गर्दछौँ ।’

काठमाडौँ विश्वविद्यालयका हालका उपकुलपति डा। रामकण्ठ माकाजुको कार्यकाल यही माघ १० गते सकिँदै छ । नयाँ उपकुलपति छनौटको गृहकार्य चलिरहेको बेला ४० भन्दा बढी प्राध्यापकहरुले शिक्षा मन्त्रालयमा आवेदन दिएको खबर सार्वजनिक भएको छ । दुई कार्यकाल (आठ वर्ष) नेतृत्व गरिसकेका माकाजुले पुनः नियुक्तिका लागि आवेदन दिएको स्रोतले जनाएको छ ।

तर काठमाडौँ विश्वविद्यालयका प्राध्यापकहरु माकाजुलाई तेस्रो कार्यकाल पनि उपकुलपति बनाउन नहुने पक्षमा छन् । प्राध्यापक संघका अध्यक्ष बराल र महासचिव अधिकारीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘विश्वविद्यालयलाई नेतृत्व गर्न धेरै सक्षम तथा योग्य आकांक्षीहरु हुँदाहुँदै पनि एउटै व्यक्तिलाई नै पटक–पटक उपकुलपतिका लागि सिफारिस गरिन हुँदैन र यदि गरिन्छ भने सो सिफारिस गर्ने समिति माथि यस प्राध्यापक संघले मात्रै हैन, सम्पूर्ण प्राज्ञिक जगत एवं सरोकारवालाहरुले नै प्रश्न चिह्न उठाउनेप्रति सम्बन्धित सबैलाई सचेत गराउन चाहन्छौँ ।’

विज्ञप्तिमा थप लेखिएको छ, ‘यदि एउटै व्यक्तिलाई दोहो¥याउने, उपकुलपति सिफारिस प्रक्रिया अपारदर्शी, आदि जस्ता कार्यहरु भएमा उपकुलपति सिफारिस समितिले परिवर्तनको बाधकको रुपमा चित्रित गर्ने निश्चित छ ।’

डा। माकाजु स्वयंले आफूलाई पुनः नेतृत्व गर्ने लोभ नरहेको भनि अन्तरवार्ताहरुमा पटक–पटक आफ्ना धारणा राखिसकेको र दुई कार्यकालभन्दा बढी एउटै पदमा बस्न नहुने पद्धतिको विकास गर्नेमा सार्वजनिक रुपमै संकल्प तथा हस्ताक्षर गरिसकेको कुरालाई प्राध्यापक संघले स्मरणसमेत गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस