बाक्लो कुहिरोका कारण आन्तरिक उडान ठप्प « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बाक्लो कुहिरोका कारण आन्तरिक उडान ठप्प


२ माघ २०७७, शुक्रबार


काठमाडौँ । काठमाडौँ उपत्यका लगायत तराईका जिल्लामा बाक्लो कुहिरो लागेकाले आन्तरिक उडान ठप्प भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार कुहिरोका कारण भिजिबिलिटी कम भएकाले विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत विमानस्थलमा आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन् ।

मौसमविद विभूति पोखरेलका अनुसार अहिले तराईका भूभागहरुमा बाक्लो कुहिरो देखिएको छ । काठमाडौँ उपत्यका र पश्चिम पहाडी भूभागहरुमा पनि बादल लागेको छ ।

साथै तराईका धेरैजसो भूभागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत लाग्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि मौसमविदहरुले सुझाव दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस