‘द भ्वाइस अफ नेपाल-३’ मा कोच तिर्सना, डिजिटल अडिसनमा करिब ४० हजारको सहभागिता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘द भ्वाइस अफ नेपाल-३’ मा कोच तिर्सना, डिजिटल अडिसनमा करिब ४० हजारको सहभागिता


प्रशासन संवाददाता

१ माघ २०७७, बिहिबार


काठमाडौँ । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सिजन ३ मा कोच परिर्वतन भएको छ । गायिका आस्था राउतको स्थानमा गायिका तिर्सना गुरुङ अनुवन्धित भएकी छन । गायिका राउतले यस वर्ष कोचको रुपमा रहन नभ्याइने भएपछि उनको स्थानमा गायिका गुरुङ अनुवन्धित भएकी हुन् ।

‘द भ्वाइस अफ नेपाल’ को तेश्रो संकरणमा कोचको रुपमा आफू जोडिन पाउँदा निकै उत्साहित रहेको तिर्सनाले बताइन् । अहिलेद ‘द भ्वाइस अफ नेपाल-३’ को डिजिटल अडिसन चलिरहेको छ । डिजिटल अडिसनमा नेपालसहित बिभिन्न देशबाट करिब ४० हजार प्रतिभाले सहभागीता जनाएका छन् ।

करिब एक महिनासम्म चलेको अडिसनमा नेपालसहित बिभिन्न देशमा बसोबास गर्ने नेपालीभाषी प्रतिभाले उत्साहजनक सहभागीता जनाएका हुन्। भारत, थाइल्याण्ड, बर्मा, अष्ट्रेलिया र अमेरिकामा बसोबास गरिरहेका नेपालीमूलका प्रतिभा पनि यो अडिसनमा सहभागी भएका छन्। अडिसनमा सहभागी प्रतिभाको संख्या अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर हो।

अबको एक महिनापछि हिमालय टेलिभिजन एचडीबाट यो शो प्रशारणमा आउनेछ । कार्यक्रम हरेक शुक्रबार र शनिवार राति ८ बजे प्रसारण हुने छ । शोमा कोचको रुपमा गायक दिप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा भने यथावत् नै छन् । यसअघि टिम दिप र टिम प्रमोदका प्रतिस्पर्धीले यो शोको टाइटल जितिसकेका छन् ।

‘दि भ्वाइस अफ नेपाल’को नयाँ सो गत बर्षको भन्दा झनै उत्कृष्ट बनाउने निर्माण युनिटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस