कोरोना भाइरसको उत्पतीबारे अध्ययन गर्न डब्लुएचओको टोली वुहानमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोना भाइरसको उत्पतीबारे अध्ययन गर्न डब्लुएचओको टोली वुहानमा


एजेन्सी

१ माघ २०७७, बिहिबार


एजेन्सी । कोरोना भाइरसको उद्गम थलो वुहानमा विश्व स्वास्थ्य संगठन (डब्लएचओ) को टोली पुगेको छ । कोरोना भाइरसको उत्पतीबारे अध्ययन गर्नका लागि डब्लुएचओको टोली चीनको वुहान पुगेको हो ।

कोरोना भाइरस महामारीको उत्पत्तीबारे अनुसन्धान गर्न डब्लुएचओको टोली बिहीबार बिहान चीन पुगेको बिबिसीले जनाएको छ। लामो समयदेखि डब्लुएचओ र बेइजिङबिचको वार्तापछि अनुसन्धानकर्ताको टोली चीन पुगेको हो।

१० वैज्ञानिकहरुको टोलीले अनुसन्धान संस्थाका अधिकारी, अस्पताल तथा सिफुड मार्केटका प्रतिनिधिसँग अन्तर्वार्ता गर्ने छन् । सिजिटिएनका अनुसार उक्त टोलीमा अमेरिका, अष्ट्रेलिया, जर्मनी, जापान, बेलायत, रूस, नेदरल्यान्ड, कतार र भेयतनामका विज्ञहरू सहभागी छन्। अनुसन्धान बढाउनुअघि डब्लुएचओको टोली दुई हप्ता क्वारेन्टिनमा बस्नेछन्।

सन् २०१९ को अन्त्यतिर चीनको वुहान शहरमा देखिएको कोरोना भाइरसको महामारी त्यसपछि विश्वभर फैलियो । उत्पतीको वास्तविकता थाहा पाउनका लागि अनुसन्धान टोली बिहीबार बिहान वुहान पुगेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस