नेकपाका दुवै समूहका स्थायी कमिटी बैठक बस्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेकपाका दुवै समूहका स्थायी कमिटी बैठक बस्दै


१ माघ २०७७, बिहिबार


काठमाडैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दुवै समूहका स्थायी कमिटी बैठक आज बस्दैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । ओली नेतृत्वको नेकपा स्थायी कमिटी बैठक केहीबेरमा बस्ने बालुवाटार स्रोतले जानकारी दिए ।

त्यसैगरी प्रतिनिधिसभा विघटन पश्चात बनेको अर्को दाहाल नेपाल नेतृत्वको नेकपा पक्षको स्थायी कमिटी बैठक पेरिस डाँडामा बस्दैछ।

बैठक आज दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए ।

दुवै समूहले आफ्ना आगामी रणनीतिबारे छलफल गर्दैछन्।

Tags :
प्रतिक्रिया दिनुहोस