कृषि तथा पशुपंक्षी विकाससम्बन्धी कार्यक्रम विवरण पठाउन सबै प्रदेश र स्थानीय तहलाई पत्राचार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कृषि तथा पशुपंक्षी विकाससम्बन्धी कार्यक्रम विवरण पठाउन सबै प्रदेश र स्थानीय तहलाई पत्राचार


१ माघ २०७७, बिहिबार


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सबै प्रदेश तथा स्थानीय तहलाई आगामी आर्थिक वर्ष २०७८/७९ मा मन्त्रालयसँगको सहकार्य तथा लागत साझेदारीमा सञ्चालन गर्न आवश्यक कृषि तथा पशुपंक्षी विकास सम्बन्धी कार्यक्रम तथा अनुमानित लागतको विवरण पठाइदिन सबै प्रदेश तथा स्थानीय तहलाई पत्राचार गरेको छ ।

मन्त्रालयले इमेल ठेगाना [email protected] मा विवरण उपलब्ध गराइदिने व्यवस्थाका लागि सातै प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र सबै स्थानीय तहहरूमा पत्राचार गरेको हो ।

आगामी आर्थिक वर्ष २०७८/७९ मा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट सञ्चालन हुने सशर्त अनुदान कार्यक्रमका लागि मन्त्रालयले विवरण पठाउन अनुरोध गरेको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस