बालुवाटारमा मनाइयो योग दिवस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बालुवाटारमा मनाइयो योग दिवस


१ माघ २०७७, बिहिबार


काठमाडौँ । राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा आज योग दिवस मनाइएको छ ।

‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्यका साथ प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री गण, उच्च कर्मचारी, योग गुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी थिए ।

दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

नेपालमा विक्रम संवत् २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस