२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केपी ओली कमरेड होइन, तानाशाही हो : अष्टलक्ष्मी शाक्य

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तानाशाही शासकको संज्ञा दिएकी छन्।

काठमाडौँ जिल्ला कमिटीले प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ शाक्यले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेर तानाशाही बाटो रोजेको बताएकी हुन्।

उनले ओली अब कम्युनिस्ट नरहेको समेत दाबी गरिन्। ‘केपी ओली कमरेड होइन, अब उहाँ प्रतिगमनकारी हो, तानाशाही हो, स्वेच्छाचारी हो,’ उनले भनिन्, ‘उहाँले गणतन्त्रमाथि धावा बोल्नुभएको छ। हामीले दुःख गरेर ल्याएको संविधानमाथि उहाँले धावा बोल्नुभयो। त्यस्तो व्यक्तिलाई हामीले किन कमरेड भन्ने ?’

प्रचण्ड-नेपाल समूहकी बागमती प्रदेश कमिटी इन्चार्ज समेत रहेकी नेतृ शाक्यले प्रधानमन्त्री ओेलीको प्रतिगमनलाई रोक्न सडक आन्दोलनलाई सशक्त बनाउनुपर्नेमा जोड दिइन्। उनले ओलीलाई पराजित गर्न काठमाडौँको आन्दोलन निर्णायक हुने समेत दाबी गरिन्। ‘काठमाडौँ तातेपछि आन्दोलन निर्णायक मोडमा पुग्छ। ०६२/०६३ मा तातेको काठमाडौँ तात्दैछ, काठमाडौँ कि तात्दै–तात्दैन तातिसकेपछि सेलाउँदै सेलाउँदैन,’ उनले भनिन्।

नेकपालाई शसक्त र विचार युक्त बनाउन कम्युनिस्ट पार्टीमा आचारण, विचार र सिद्धान्त हुनुपर्नेमा उनको जोड थियो ।

शाक्यले भनिन्, ‘मेरो मान्छे फलानो मान्छे भनेर हुँदैन । संघीय लोकतान्त्रिक गणतन्त्रको सृदृढीकरण लागि हामीले लाग्नुपर्छ । प्रतिगमनकारी र तानाशाही केपी ओलीले घुँडा तेक्नुपर्छ ।’