कोरोना खोप खरिदका लागि आर्थिक सहयोग गर्न सरकारको आह्‍वान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोरोना खोप खरिदका लागि आर्थिक सहयोग गर्न सरकारको आह्‍वान


२९ पुस २०७७, बुधबार


काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप सम्पूर्ण नागरिकलाई नि: शुल्क दिने घोषणा गरेको सरकारले आर्थिक सहयोकोलागि आह्वान गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गरी दातृ निकाय, विदेशी, विभिन्न व्यवसायीक एवं सामाजिक र परोपकारी संस्था एवं फिल्यान्थ्रोपिक एसोसियसनलाई खोप कोषमा योगदान गर्नका आह्वान गरेको हो ।

सूचनामा मन्त्रिपरिषदको कात्तिक २४ गतेको निर्णय अनुसार नेपाल सरकारबाट आकस्मिक प्रयोगको लागि स्वीकृति प्राप्त भएको खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत लक्षित समूहहरुलाई नि: शुल्क खोप उपलब्ध गराउन ठुलो रकम आवश्यक भएको उल्लेख छ ।

यसअघि सबैलाई निस् शुल्क खोप दिइने जानकारी दिँदै आएको स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचनामा भने ‘लक्षित सूमहहरुलाई नि: शुल्क खोप उपलब्ध गराउन’ भनेर स्पष्ट पारेको छ ।

सरकारले यसअघि पनि कोरोना संक्रमण भएको पत्ता लगाउन गरिने पीसीआर परीक्षण सबैलाई नि: शुल्क हुने बताए पनि केही समयपछि शुल्क निर्धारण गरेको थियो

हेर्नुहोस् सुचना:

Tags :
प्रतिक्रिया दिनुहोस