बालाजु राजश्व कार्यालयका कम्प्युटर अपरेटर ४३ हजार घुससहित पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बालाजु राजश्व कार्यालयका कम्प्युटर अपरेटर ४३ हजार घुससहित पक्राउ


२९ पुस २०७७, बुधबार


अख्तियार

काठमाडौँ । आन्तरिक राजश्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटर ४३ हजार घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले अपरेटर राजन शर्मा र टिमुर किचन रेष्टुरेन्टका सञ्चालक सन्तोष थापामगरलाई मंगलबार पक्राउ गरेको हो।

शर्माले टिमुर किचन रेष्टुरेन्ट ढुंगेधारा, बनस्थलीका संचालक थापा मगरसँग कर तिर्न सहजिकरण गरिदिने भन्दै ४३ हजार घुस माग गरेका थिए।

सोही घुस रकम लेनदेन गरिरहेको अवस्थामा अख्तियारले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरूलाई बालाजुस्थित आन्तरिक राजश्व कार्यालय परिसरबाट पक्राउ गरेको हो।

४३ हजार रुपैयाँ घुस लिदै गरेको सुचनाको आधारमा शर्मा र थापामगरलाई पक्राउ गरेको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।

उनीहरूमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको अधिकारीले बताए।

 

Tags :
प्रतिक्रिया दिनुहोस