ओली सरकारविरुद्ध नेविसंघको देशव्यापी दौड जुलुस « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ओली सरकारविरुद्ध नेविसंघको देशव्यापी दौड जुलुस


२९ पुस २०७७, बुधबार


काडमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेको कदमविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले दौड जुलुस गर्ने भएको छ ।

नेविसंघ अध्यक्ष राजिव ढुंगानाले आज सम्पूर्ण जिल्लास्थित ईकाई तथा समितिहरूलाई परिपत्र गर्दै दौड जुलुस, सिठ्ठी जुलुसलगायत विरोध कार्यक्रम गर्न निर्देशन दिएका छन्।

माघ २ गते ७७ जिल्लामा दौड जुलुस गर्ने, माघ ७ गते सिठ्ठी जुलुस गर्ने र कांग्रेसले आयोजना गर्ने विरोध कार्यक्रममा भव्य सहभागिता जनाउन नेविसंघ अध्यक्ष ढुंगानाले निर्देशन दिएका छन्।

प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस